विश्वाश भित्र हुन्छ महा ताकत

बाबु रोका मगर”अपरिचित”


एक जना ठुलो अफिसर आफ्नो नवविवाहित श्रीमती सँग पानी जहाज मा यात्रा गरिरहेका थिए | यात्राकै क्रम मा समुन्द्र मा भयानक जोडदार तुफान् आयो | जहाजमा यात्रा गरिरहेका सबै यात्रुहरु डराएर चिच्याउन थाले | तर ऊ अफिसर भने पटक्कै डराएन उसको श्रीमती पनि डरले थरथरी काँपेर ब्याकुल भएकी थिई | उसले आफ्नो श्रीमान सँग सोधी- यती डर लाग्दो तुफान् आएको छ सबैको डरले होश उडी सक्यो तर तपाईं भने निस्चिंत भएर कसरी बस्न सकेको ?


यो सुन्ने बित्तिकै अफिसर ले तलवार राख्ने म्यान बाट धारिलो तलवार निकालेर श्रीमती को घाँटिमा राखेर सोध्यो- के तिमीलाई डर लागिरहेको छ? श्रीमती ले भनी- मेरो कुराको जवाफ नदिएर उल्टै मेरो घाँटिमा यो धारिलो तलवार राखी के गर्न खोज्नु भएको? अफिसर ले फेरिपनी सोध्यो- भन तिमीलाई डर लागेको छ या छैन? श्रीमती ले भनी- मलाई किन डर लाग्ने? मलाई थाहा छ तपाईं मेरो हत्या गर्न सक्नु हुन्न किनकी तपाईं मेरो दुश्मन होइन तपाईं त मेरो श्रीमान जो मलाई आफ्नो ज्यान भन्दा पनी धेरै माया गर्नु हुन्छ अब भन्नुहोस म किन डराउने?


अफिसर ले भन्यो- तिमीले ठीक भन्यौ जसरी तिमीलाई म माथि पूर्ण विश्वाश छ त्यस्तै मलाई पनि इश्वर भगवान माथि भरोसा अनी विश्वाश छ किनकी उनी हामी सबैका अभीभावक हून् | उनी हामीहरुको कु-भलो कहिल्यै चाहन्नन् उनी हर संकट अनी दु:ख मा सहयोग गर्नेछन त्यसैले तुफान् आउछ अनी जान्छ पनि | जीवनमा विश्वाश सबै भन्दा ठुलो चिज हो यसमा हामीहरुलाई ठुलो ताकत मिल्छ | हामी यही ताकतको सहरामा बाँचीरहेका छौ | त्यसैले हामीहरु कोहि न कोही प्रती विश्वाश राख्नु पर्छ | उनिहरु डराउदछन् या आफ्नो लक्ष्य सम्म पुग्न सक्दैनन् जसमा विश्वाशको कमी हुन्छ | संयोगले त्यतीवेला नै तुफान् बन्द भयो | सबै जना लामो श्वास फेर्दै भगवान को नाम जब्दै थिए |