अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१

वासिङटन । अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आँधीका कारण अमेरिकाको ओक्लोहोमा राज्यमा बढी असर परेको छ । आँधीले जनजीवन अस्तव्यस्त बनेको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुख ढल्दा सयौं घाइते भएका छन् । घाइते हुनेमा धेरै केटाकेटी छन् ।


आँधीका कारण राज्यका अधिकांश विद्यालय ध्वस्त बनेका छन् । आँधीले ५५ हजारभन्दा बढी व्यक्ति घरबारविहीन बनेका छन् । आँधी प्रभावितका लागि अस्थायी बसोबासको ब्यबस्था मिलाइएको छ । राष्ट्रपति बाराक ओबामाले प्राकृतिक विपत्तिमा परेर मृत्यु भएकाको परिवारप्रति समवेदना प्रकट गर्दै आँधी प्रभावितलाई संयम राख्न आग्रह गर्नु भएको छ ।

 

Agencies