काठमाडौं । विशेष अदालतले आइतबार अवैध सम्पत्ति आर्जनमा मुद्दा दर्ता गरेका पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी गरेको छ । विशेष अदालतले हिजो गणेश लामा, दीपक मनाङे, परशुराम बस्नेत, चक्रे मिलन, अभिषेक गिरी र उनीहरुका श्रीमतीलाई अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको हो ।
गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले आइतबार विशेष अदालतममा मुद्दा दर्ता गरेको थियो । विभागले फरार भनी अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको भोलिपल्टै विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको हो । विशेष अदालतले म्याद तामेल गर्नका लागि काठमाडौं जिल्ला अदालतमा र विराटनगर जिल्ला अदालतका नाममा पत्रसमेत काटेको रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए ।
म्याद बुझेको वा तामेली भएको मितिले १५ दिनभित्र अभियुक्त अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था छ । अदालतको आदेशअनुसार उपस्थित नभए प्रतिरक्षाका लागि अभियुक्तले कानून व्यवसायीसमेत राख्न पाउँदैनन् । पाँचै जना विरुद्ध विभागले दर्ता गरेको मुद्दामा अवैध बैंकिङ कारोबार, घरजग्गा खरिद