नेपाल बिद्यार्थी संघ पाणिनि बहुमुखी क्यामपस इकाइ समितिले क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति भुसालले स्ववियु निर्बाचनमा भोट हाल्नकै लागि कयाम्पस प्रशासनले रित नपुगेका बिद्यार्थीलाइ भर्ना गरेकोमा आपत्ती जनाउनु भएको छ ।
उहाले क्याम्पसमा रेगुलर अध्यनरत विद्यार्थीले भोट खसालेर मात्र आफ्नो नेतृत्व चयन गर्न पाउनु पर्ने भएकाले फर्जी विद्यार्थी भर्नालाइ तत्काल रोक्न र फर्जी भर्ना भएका विद्यार्थीहरुको भर्ना खारेज गर्न समेत क्याम्पस प्रशासनलाइ आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेबिसंघका जिल्ला सचिब युबराज पाण्डेले स्वच्छर मर्यादित ढंगले चुनाब जितेर देखाउन अन्य विद्यार्थी संगठनलाइ चेतावनी दिनु भयो । उहाले सम्पुर्ण विद्यार्थीको प्रतिनिधित्व गर्ने नेपाल विद्यार्थी संघ मात्र भएकाले स्ववियु निर्वाचनमा नेबिसंघलाइ विजयी बनाए मात्र विद्यार्थीको हक सुनिस्चित हुने बताउनु भयो ।
कार्यक्रममा नेबिसंघका जिल्ला उपाध्यक्ष रमेश मरासिनी, कोषाध्यक्ष नेत्रप्रसाद मरासिनी, जिल्ला सदस्यहरु प्रेम आचार्य, माधब पौडेल, बासुदेब पाण्डे, प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्यप्रसाद भुसाल लगायतले मन्तब्य राखेका थिए ।