बैदेशिक रोजगार व्यवसायी संघमा आबद्ध असन्तुष्ट १३ पदाधिकारीहरुद्धारा राजीनामा

काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघमा आबद्ध असन्तुष्ट  १३ पदाधिकारीहरुले संघबाट राजीनामा दिएका छन् । संघका अध्यक्ष बल बहादुर तामाङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै १३ पदाधिकारीले सामुहिक राजीनामाको घोषणा गरेका हुन् । 


बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उनिहरुले तामाङलाई तत्काल अध्यक्षको पदबाट राजीनामा दिई नयाँ नेतृत्व चयनका लागि दबाब पनि दिएका छन् । संघका प्रथम उपाध्यक्ष ज्ञानबहादुर गैरे, द्वितीय उपाध्यक्ष कुमुद खनाल, महासचिव कमल तामाङ लगातयले राजीनामा दिएका हुन् ।


अध्यक्ष तामाङले आफ्नो पदको दुरुपयोग गर्दै व्यवसायीमाथि गलत आरोप लगाएको उनिहरुको आरोप छ । अध्यक्षलाई कार्यालय प्रवेश गर्न नदिने र विशेष भेलामार्फत पदबाट हटाएरै छाड्ने संघका सल्लाहकार हंशराज वाग्लेले हामीसँग बताए ।


रासस