ईरानका चर्चित राजनीतिज्ञ हाशमी रफसंजानीलाई आगामी जुनमा हुने राष्ट्रपति चुनाबमा भाग लिनबाट प्रतिबन्ध

इरान, जेष्ठ ९ । ईरानका चर्चित राजनीतिज्ञ अकबर हाशमी रफसंजानीलाई आगामी जुन १४ तारेख हुने राष्ट्रपति चुनाबमा भाग लिनबाट प्रतिबन्ध लगाइएको छ । ईरानको संबैधानिक संस्था गार्डियन काउन्सिलले उन्लाई राष्ट्रपति पदमा लड्न नपाउने गरी रोक लगाएको हो ।



 सो काउन्सिलले रफसंजानीलाई चुनावमा भाग लिन अयोग्य ठहर गरेको छ । यो प्रतिबन्धपछि रफसंमजानीका समर्थकहरुले पनि चुनाव बहिष्कार गर्ने सम्भावना बढेको छ । गणतन्त्र ईरानका संस्थापक सदश्य समेत रहेका रफसंजानीले ८० को दशकमा ईरान र ईराकको युद्धमा अहम भूमिका निर्वाह गरेका थिए । अउनले अव राजनीतिबाट सन्यास लिनसक्ने बिश्लेषण गरिएको छ ।



एजेन्सी