काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रि उडान प्रभावित भएको छ । प्रतिकुल मौसमका कारण कतार एयरवेजको विमान अवतरण गर्न नसकी नयाँ दिल्ली पठाइएको थियो भने युनाइेटड बंगलादेशको विमान बंगलादेश नै फर्किएको थियो ।


केही विमानहरु भने मौसम सुधारको आसमा निकैबेर आकाशमा घुमेको पनि जनाइएको छ । वर्षाकै कारण आन्तरिक हवाई सेवा पनि प्रभावित भएको विमानस्थलले जनाएको छ ।


गत सोमबार पनि वर्षाका कारण एक घण्टा विमानस्थल बन्द नै भएको थियो ।
 
आज काठमाडौंमा ४१ दशमलव ६ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाले राजधानीका केही मूख्य तथा भित्रि सडकमा पानी जमेका कारण सर्वसाधारणले भने कस्ट ब्यहोर्न वाध्य भएका छन् ।


वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद पाण्डेले वर्षा अब विस्तारै पूर्वी भेग हुँदै पच्चिमतर्फ लाग्ने बताएका छन् । मौसमविद् पाण्डेले पश्चिम बंगालमा न्यूनतम चाप भएका कारण  नेपालमा वर्षा भएको हामीलाई जानकारी दिए ।

 

rss