सरकारले पूर्व सभासद् सदरुल मियाँको हत्याको छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित

राजविराज  । सरकारले पूर्व सभासद् सदरुल मियाँ हकको हत्याको छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि चार दिनदेखिको आन्दोलन स्थगित गरिएको छ । आन्दोलनमा उत्रिएकाहरुको माग पूरा गर्न गृहमन्त्री माधव घिमिरेले प्रतिवद्धता जनाएप्छि आजै मियाँको अन्त्येष्टी पनि गरिएको छ । हकको मुस्लिम संस्कृति अनुसार अन्तिम संस्कार गरिएको छ ।
मियाँको अन्त्येष्टीमा गृहमन्त्री घिमिरे पनि सहभागी बने । गृहमन्त्री घिमिरे वार्ताका लागि विहानै सप्तरी पुगेका थिए । हकको हत्या छानबीनका लागि प्रतिवद्धता जनाउन गृहमन्त्री माधवप्रसाद घिमिरे विहानै सप्तरी पुगेका थिए । आन्दोलनकारीको मागको सम्बोधन गरेपछि चार दिनदेखि अवरुद्ध यातायात सञ्चालनमा आएको छ । शैक्षक संस्था, उद्योग कारखाना पनि सञ्चालनमा आएका छन् ।
 
यसअघि हिजो मन्त्रिपरिषद बैठकले मियाँ हत्याबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरेको थियो । 
सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । पूर्व सभासद् हकको जेठ ६ गते राति कल्याणपुरस्थित आफ्नै पेट्रोल पम्पको आवास गृहमा धारिलो हतियार प्रहार गरी अज्ञात समूहले हत्या गरेको थियो ।
RSS