बाढिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी  । नवलपरासीको लोकाहा खोलामा वनाईएको दुई दुई वटा डाईभर्सन बाढिले बगाएपछि पूर्व पश्चिम राजमार्ग गएराती देखि अवरुद्ध वनेको छ । गतवर्ष बाढिका कारण पुल भत्किएपछि नजिकैवाट बनाईएको डाईभर्सन बाढिले बगाएपछि नजिकै वाट अर्को डाईभर्सन बनाएर सवारी साधन सञ्चालनमा ल्याईएको थियो ।


 हिजो देखि परेको पानीका कारण आएको बाढिले दोस्रो डाईभर्सन पनि बगाएपछि सडक अवरुद्ध वनेको हो । सडक अवरुद्ध हुदा गएराति देखिनै सयौ सवारी साधन र हजारौ यात्रुहरु बिच वाटोमा अलपत्र वनेका छन् । अलपत्र परेका सवारी साधनहरु प्रगतिनगरमा रोकिएका छन् ।


सरकारको लाचारीपनका कारण पुल भत्किएको एकवर्ष भईसक्दा पनि निर्माणमा ढिलाई भएको भन्दै यात्रुहरु आक्रोशित वनेका छन् । अवरुद्ध सडक सञ्चालनका लागि डोजर लगाएर काम भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

 

RSS