पाकिस्तानको गुजरातमा ग्याँस सिलिण्डर विष्फोट हुँदा कम्तिमा १७ जना बालबालिकाको मृत्यु

इस्लामावाद  । पाकिस्तानको गुजरात शहर नजिक एक स्कुल बसमा ग्याँस सिलिण्डर विष्फोट हुँदा कम्तिमा १७ जना बालबालिकाको मृत्यु भएको छ ।

 

विष्फोटमा परी अन्य सात बालबालिका घाईते भएका छन् । उनीहरुको स्थानीयय अस्पतालमा उपचार भैरहेको छ ।

बसका चालक भने सकुशल रहेको बताइएको छ । कम गुणस्तरका कारण ग्याँस सिलिण्डर विष्फोट भएको अनुमान गरिएको् छ ।


पाकिस्तानमा महंगो डिजल र पेट्रोलको विकल्पका रुपमा लाखौं सवारी साधनमा प्राकृतिक ग्याँस प्रयोग हुने गरेका छन् ।

 

Agencies