संविधानसभा निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा मधेश केन्द्रित दलहरुद्धारा छलफल सुरु

काठमाडौं । संविधानसभा निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा मधेश केन्द्रित दलहरुले छलफल सुरु गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीको अगुवाइमा राजधानीको एक पार्टी प्यालेसमा मधेश केन्द्रित दलहरुबीच निर्वाचनमा गठनबन्ध बनाएर जाने विषयमा छलफल भएको हो । छलफलमा मधेश केन्द्रित १३ वटा राजनीतिक दलका नेताहरु सहभागी थिए ।


बैठकमा सहभागी नेताहरुले एउटै मोर्चा बनाएर निर्वाचनमा जाने विषयमा सैद्धान्तिक सहमति जनाएपनि मोर्चा नै बनाउने विषयमा थप गृहकार्य गर्नुपर्ने वताएका थिए ।


निर्वाचनमा जुट्ने र पछि फुट्ने शृंखलाका कारण मधेशी दलमा जनताको विश्वास गुमेकोतर्फ पनि ठूला मानिने मधेशी दलका नेताहरुले ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो ।


बैठकपछि तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले छलफल सकारात्मक रहेको र मधेशी दलहरुबीच निर्वाचनका लागि गठनबन्धन बन्न सक्ने बताए ।


२१ दललाई बोलाइएको भएपनि विजयकुमार गच्छदार र उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका नेताहरु भने बैठकमा सहभागी भएनन् ।

 

RSSS