विश्व कै सबै भन्दा अग्लो “सगरमाथा” खतरामा ?


बाबु रोका मगर”अपरिचित”



विश्व कै सबै भन्दा ठुलो मानिएको ८,८४८ मिटर अग्लो हिमालयन माउन्टेन “सगरमाथा” नेपालको उत्तरी पूर्व सोलुखुम्बु जिल्लामा पर्ने हाम्रो देश नेपालको “शिर”नेपाल र नेपाली को “सान” जसले संसार भरिका मुलुक हरुलाई चिनाउद छ “माउन्ट एभरेष्ट नेपाल” भनेर हो नेपाल र नेपाली हरुको मुख्य चिनारीको रुपमा गनिने हाम्रो सगरमाथा आज एउटा सामान्य मनोरन्जन को स्थान जस्तो भएको छ |



नेपाल र नेपाली प्रती राम्रो बिचार र आस्था राख्ने ब्यक्तीहरुलाई अबगत नै छ देश को गौरव र महत्व कती अनी कस्तो हुन्छ भन्ने कुरा कुनै सान छैन भने त्यसको के महत्व चाहे मानिस मा होस या नोकरी पेसा पशु पंक्षि होस या कुनै क्षेत्र यि चिज हरुमा कुनै न कुनै को एउटा सान हुन्छ त्यसैले यिनीहरुको आफ्नै एउटा महत्व हुन्छ | आज म कुरा गर्न गइरहेको छु यस्तै धेरै महत्वपूर्ण रहेको हाम्रो सगरमाथा यतीबेला सगरमाथा आरोहण गर्नेहरुको कुनै मन्दिरमा दर्शन गर्नेहरुको भिड जस्तै भईरहेको छ केही दिन अघी १७० जनाले सगरमाथा आरोहण गरी फर्किएर आए भन्ने समाचार मा आएको थियो |



कुनै समय सगरमाथा आरोहण गर्नु जिन्दगीको अन्तिम बाटो पनि महत्व पनि दुबै उतिकै सम्बेदनशिल कार्य थियो “मरे अमर बनौला बांचे फर्की आउँला” त्यतीबेलाको समय त्यस्तै थियो गएर फर्कौला भन्ने कुरा भगवान माथि भरोसा गर्दथे महान हिम्मत र आँट बोकेर बिभिन्न कठिनाईहरुको पर्खालहरु पार गर्दै महिनौ लगाएर सगरमाथा को चुचुरोमा पुग्न कोही-कोही मात्र सफल हुन्थे |



सन् १९९३ अप्रेल २२ मा नेपालकी प्रथम महिला पासाङ ल्हामु शेर्पा को पाँच जनाको टिम ले धेरै कठिन् संघर्ष गरेपश्चात आरोहण सफल गरेका थिए तर दु:ख को कुरो फर्कने क्रम मा उनको र उनका केही साथीहरु हिमपहिरो मा परी मृत्‍यु भएको थियो | त्यो समयमा मान्दथे कि सगरमाथा आरोहण गर्नु चानेचुने कुरो होइन र थिएन पनि मन्,मुटु र मस्तिष्कमा आदम्य शाहस बोकेर मात्र त्यो अग्लो चुचुरोमा आफ्नो नाम र राष्ट्र को झन्डा फर्फराउन सफल हुन्थे पासाङ् ल्हामुको आरोहण पछी बिभिन्न स्वदेश तथा बिदेश बाट पर्वतारोही हरुको सगरमाथा चढ्ने लहर बढ्न थाल्यो बढ्दै जादा आजको समयमा दृष्‍टि विहिन,अपाङ्ग,ब्रिद्दा,हिरो,हिरोइन सेना,पुलिस जो चाह्यो जान पाउने |



कुनै दिन चर्चा मा आएका पूर्व प्रधान मन्त्री पुष्प कमल दाहाल “प्रचन्ड” पुत्र प्रकाश दाहाल ले देशको शान्ती र सु-ब्यबस्था को कामनाको लागि भन्दै ३ करोड रुपैया को माग गरेर हङामा मच्चाए प्रकाशको आरोहण असफल भएपछी आफ्नो सहयोगी बिना मगर लाई भगाउन सफल भए |यस्तै एक बिदेशी नागरिक ब्रिटिश पर्वतारोही ड्यानियल ह्युजले भिडिओ कल गरेर बीबीसी वर्ल्ड टेलिभिजनसंग प्रत्यक्ष कुराकानी गरेको विषयमा विवाद उठेको थियो नेपाल सरकार ले केही कार्वाहि गर्‍यो या गरेन अहिले सम्म थाहा लागेको छैन | यस्ता नमुनाहरु शायद धेरै छन होला उनिहरुको नाम मात्र उल्लेख नगरिएको |



तपाईं हामीहरु सबैले सुनेकै उखान छ नि? “अरुले खनेको बाटोमा हिंड्न सजिलो हुन्छ”बाटो खनिदिने,खाना बोकिदिने,बिरामी हुँदा दबै खुवाइ दिने,अप्ठ्यारो मा भर्र्याङ् रस्सी को ब्यबस्था गरिदिने यस्तो सुबिधा पाएपछी को चढ्न सक्दैन होला र? हो यही कुरा अहिले प्रत्यक्ष देख्न र सुन्न पाइएको छ | समयको खेल भनौ या मान्छेहरु कै खेल भनौ अनेक किशिमका हरकत गरेर आफुलाई स्मार्ट(हिरो)बनाउने खेलमा होट-बाजी चलेको छ | हरेक क्षेत्र हरेक बिभागमा साना देखी लिएर ठुला-ठुला सम्म नेता,अभिनेता मन्त्री ब्यापारी आदी देश का प्रमुख मानिने हरुको व्यबहार,आचरण नै यस्तो छ कि यिनी हरुको चर्चा गर्न भ्याइदैन मुल खम्बा नै दरिलो नभएपछी देशको बिग्रदो स्थितिलाई सम्हाल्ने कस्ले? गरीब जनता भनेका उनिहरुको कुनै लेखा जोखा हुँदैन उनिहरुको आबश्यक त्यतिबेला पर्दछ जब नेता हरुको मनमुटाव हुन्छ अनी ति गरिव हरुलाई सडक मा उतारेर जिन्दावाद-मुर्दावाद भन्न लगाइन्छ मर्न परे उनिहरुलाई नै मराइन्छ |



त्यसै पनि हाम्रो देश नेपाल माथि पराइहरुको आँखा न लागेको भन्ने कुनै दिन छैन सबैले यो दुई ढुङ्गा बिचको तरुल लाई खुनी नंग्रा लगाउन जोड्तोड गरी रहेका छन | आज भन्दा एक बर्ष अघी एक भारतीय मिडिया मा भारतीय ब्यक्तिले सगरमाथा भारत मा पर्छ भनेर भनी सकेका छन अरु कती भारतीय नगरिक हरुले भगवान गौतम बुद्द पनि भारत मा नै जन्मेका हुन भन्ने दावा गरिरहेका छन | अब यतिबेला नेपाली हरुले सोच्नु पर्ने कुरा के हो त? यसको उत्तर तपाईं हामी आफैले निस्कर्ष निकालेर सब भन्दा पहिले देशको आन्तरिक समस्याको हल गर्नु पर्ने जरुरी छ |



 मलाई यो कुरा मा दु:ख लागिरहेको छ सगरमाथा चढ्नु राम्रो कुरा हो त्यसले हाम्रो पर्यटन ब्यबसाय फस्ट्याउदै जान्छ यसको साथ साथै नकरात्मक असर पनि पारी रहेको छ जस्तो सुकै ब्यक्ती पनि सगरमाथा आरोहण गर्न सक्छ भने आज सम्म संसारले चिनेको माउन्ट एभरेस्ट को महत्व खस्किदै जान्छ यसको साथ मा हाम्रो देश नेपालको सान पनि मेटिदै जान्छ अबको समय यस्तो पनि आऊला ५ बर्षे बालकले सगरमाथा आरोहण गरे,एउटी गर्भवती महिलाले सगरमाथा मा बच्चा जन्माइन,युवा-युवतिले वीवाह गरे आदी इत्यादी हरकत गर्न सक्छन के यो नेपाल र नेपाली को लागि उपयुक्त होला? म त एउटा सानो विचार मात्र प्रस्तुत गर्न खोजिरहेको हुं वस्तबिकता नै हेर्ने हो भने त्य्स्तो लेख्ने शब्द नै भेटाउदैन होला मैले? किन कि हाम्रो देश नेपाल मा धेरै समस्याको खाडल छ जन्जाल छ कहाँ बाट शुरु गर्ने र कहाँ गएर अन्त्य गर्ने कन्फ्युज मा छु यस्तो अबस्था मा कुनै शब्द नै भेटाउदैन |



स्मरण् रहोस् कि नेपाल सरकारले सगरमाथा आरोहण गर्न चाहने जो कोही ब्यक्तिहरुको एउटा मापदन्ड बनाएर मात्र सगरमाथा प्रबेश गर्ने अनुमती दियोस | होइन भने समयले नेटो काट्ने छ पछी पछुतो मानेर रुनु भन्दा अहिले नै कार्य सुरु गरे सबैलाई राम्रो हुनेछ |