सुर्खेत । आदीबासी जनजाती महासंघले आह्वान गरेको बन्दको कारण आज दोस्रो दिन पनि सुर्खेतको जनजीवन प्रभावित बनेको छ ।
सुर्खेतको धार्मिक तथा पुरातात्विक महत्वको काक्रेविहारमा स्थानीय बौद्ध धर्मालम्बीले बुद्धको मूर्ति राख्न खोज्दा शनिबार प्रहरी प्रशासनले हस्तक्षेप गरेको भन्दै महासंघले बन्द आह्वान गरेको हो ।
शनिबार बुद्धको मूर्ति राख्न खोजेपनि संरक्षित बनलाई कुनै एक धर्मको मात्रै स्थल बनाउन नहुने भन्दै स्थानीय प्रशासनले मूर्ति राख्न स्वीकृति दिएको थिएन ।
स्थानीय प्रशासनले मूर्ति राख्न नदिएपछि बौद्धमार्गी विरोधमा उत्रिएका थिए । त्यसक्रममा भएको झडपमा तीन प्रहरीसहित १२ जना घाईते भएका थिए । बन्दको कारण सुर्खेतमा यातायातका साधन चलेको छैन भने शैक्षिक संस्था र बजार ठप्प छ ।
RSS