ईराकको राजधानी बग्दादको छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा ६६ जनाको मृत्यु

इराक  । ईराकको राजधानी बग्दादको छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा ६६ जनाको मृत्यु भएको छ । बग्दादको शिया समुदायको बाहुल्यता रहेको क्षेत्रको ११ वटा स्थानमा छुट्टाछुट्टै कार बिस्फोट भएको जनाइएको छ । बिस्फोटमा ५० भन्दा बढी घाइते भएका छन् ।

ईराकमा पछिल्लो समय राजनैतिक र साम्प्रदायिक तनाव बढीरहेकै बेला हिंसात्मक गतिबिधीले पनि उग्र रुप लिएको छ । शिया र सुन्नी समदायबीचको द्धन्द्धका कारण भड्केको हिंसामा कयौं सर्वसाधारणको अनाहकमा ज्यान जाने गरेका छ । यसैबीच ईराकको हिंसात्मक गतिबिधीमा कमी नआएपछी सर्वसाधारणले सरकारको ब्यापक आलोचना गरेका छन् ।

 ईराकमा दुई समुदायबीचको द्धन्द्धले सर्वसाधारणको जिउने हक अधिकार हनन भएको भन्दै ईराकका जनताले सुरक्षाको माग गरेका छन् । घटनाको जिम्मा कसैले नलिएतापनि घटना सुन्नी समुदायले गराएको हुन सक्ने आशंका गरिएको छ । ईराकमा पछिल्लो समय गराईएको बिस्फोटमा सयौंको मृत्यु भइसकेको छ ।

 

agencies