काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पाईला राखेको दिन आज साठी बर्ष पुरा भएको छ । सन् १९५३ मे २९ को दिन पहिलोपल्ट सगरमाथाको सफल आरोहण गरेर उहांहरुले विश्व रेकर्ड कायम गरेका थिए ।
सगरमाथा हिरक महोत्सव समितिले आज नेपालमा विविध कार्यक्रम आयोजना गरेको छ । सगरमाथामा पहिलो मानव पाईला परेको आजकै दिन सफल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने नेपालका ज्येष्ठ नागरिक मिनबहादुर शेरचनको धोको भने यस पटक पुरा हुन सकेन ।
सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्नुभएका शेरचनलाई जापानी नागरिकले उछिनीसकेका छन् ।
RSS