सिरिया । सिरियामा सरकारी सेनाको तर्फबाट २ सय भन्दा बढीको एकैसाथ हत्या गरेको सम्बन्धी एक दस्तावेज सार्वजनिक भएको छ । सिरियाका बिपक्षी कार्यकर्ताले तयार पारेको दस्तावेजमा हत्या गरिएकामा माहिला र केटाकेटीको संख्या अत्यधिक रहेको र यो नरसंहारको पराकाष्ठा भएको उल्लेख गरिएको छ ।
दस्तावेजसंगै सरकारी सेनाले अमानविय तरीकाले सर्वसाधारणको हत्या गरेको भिडियो पनि सार्वजनिक गरिएको छ । गत मे २ का दिन सरकारी सेना र मिलिशियाले अलकायदाका कार्यकर्तालाई सिरिया प्रवेश गराई बनियास शहरमा ब्यापक हमला गरी सर्वसाधरारणको हत्या गरेको दृष्य सार्वजनिक भएको हो ।