रुसद्धारा सिरियामा संभावित विदेशी हस्तक्षेप रोक्न प्रतिरक्षात्मक मिसाईल पठाउने चेतावनी

रुसले सिरियामा हुन सक्ने संभावित विदेशी हस्तक्षेप रोक्न प्रतिरक्षात्मक मिसाईल पठाउने चेतावनी दिएको छ । युरोपेली देशहरुले सिरियाका विद्रोहीहरुलाई हतियार आपुर्ति गर्न लगाईएको प्रतिबन्ध हटाउने निर्णय गरे लगत्तै रुसको यस्तो चेतावनी आएको हो ।


रुसले पठाउने एस ३०० विमानभेटी मिसाईलले सिरियामा विदेशी हस्तक्षेपलाई रोक्न सहयोग पुग्ने आशा ब्यक्त गरेको छ । रुसका सहायक विदेशमन्त्री सर्गेई रेबकोभले आफ्नो देशले पठाउने मिसाईलले सिरियाको द्धन्दमा प्रबेश गर्न चाहिरहेका केही पक्षलाई रोक्ने उल्लेख गरेका छन् ।

 

यसअघि रुसले विद्रोहीलाई हतियार आपुर्ति खुल्ला गर्ने युरोपेली युनियनको निर्णयले प्रस्तावित शान्ति वार्तालाई प्रभावित गर्ने भन्दै आलोचना गरेको थियो । यद्यपी युरोपेली मुलुकहरुले सिरियाका विद्रोहीलाई तत्काल हतियार आपुर्तिको योजना नबनाएको बताएका छन् ।

 

Agencies