काठमाडौं- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन आगामी मङ्सिरको पहिलो हप्ताभित्रै गर्ने कुरामा सरकार प्रतिबद्ध भएर लागेको बताएका छन्। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारले आफ्ना कामहरु केन्द्रित गरेको बताए।
‘हामीलाई सुम्पिएको ऐतिहासिक दायित्वलाई सम्पन्न गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौं, छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्ने कार्यका लागि राजनीतिक दलहरुसँगको परामर्शलाई तिव्रता दिएका छौं’