पाकिस्तान । पाकिस्तानमा अमेरिकाले गरेको ड्रोन हमलामा पाकिस्तानी तालिवानका दोस्रो नेता मारिएका छन ।
पाकिस्तानको पश्चिम उत्तरमा पर्ने मिरानशाह क्षेत्रमा भएको अमेरिकी ड्रोन विमान हमलामा पाकिस्तानी तालिवानका दोस्रो नेता वली उर रहमानको मृत्यु भएको जनाईएको छ । पाकिस्तानी सुरक्षा निकायले तालिवानका दोस्रो नेता मारिएको जनाए पनि अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन ।
पाकिस्तानी तालिवानले पाकिस्तानी सुरक्षा निकायलाई आक्रमणको निशाना बनाउंदै आएकामा रहमान मारिएपछि पाकिस्तानी सुरक्षा निकायलाई पनि राहत पुगेको विश्लेषण गरिएको छ । विगत ६ साता यता भएको यो पहिलो अमेरिकी ड्रोन हमला हो ।
रहमानलाई मार्नेलाई अमेरिकाले ५० लाख ईनाम दिने घोषणा गरेको थियो । हालैको आम निर्वाचनमा विजयी भएर प्रधानमन्त्री बन्ने तरखरमा रहनु भएका नवाज सरिफले तालिवानसंग वार्ता गर्ने घोषणा गर्नुभएको छ तर पछिल्लो घटनाले वार्ता प्रक्रियामा असर पार्नसक्ने आंकलन गरिएको छ । आफ्ना नेता मारिएको बारे पाकिसतानी तालिवानले औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।
AGENCIES