उपभोक्ताकर्मीहरुद्धारा उपभोक्ताको ढाड सेकाएर ग्याँस उद्योगीको कमिसन बढाउने काम नगर्न सरकारलाई सचेत

काठमाडौं । उपभोक्ता हीत सम्बन्धी काम गर्ने उपभोक्ताकर्मीहरुले उपभोक्ताको ढाड सेकाएर ग्याँस उद्योगीको कमिसन बढाउने काम नगर्न सरकारलाई सचेत गरेका छन् ।

 

राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्ताको काँधमा भार थोपरेर उद्योगीको कमिशन बढाए कडा प्रतिकारमा उत्रिने चेतावनी दिएको हो ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकार र निजी क्षेत्रको जुहारीमा सर्वसाधरण मारमा पर्न नहुने बताए । नेपाल आयल निगमका निमित्त कार्यकारी प्रमुख सुरेश कुमार अग्रवालले सरकारले अहिलेको अवस्थामा कुनै पनि हालतमा ग्याँस उद्योगीको कमिसन बढाउन नसक्ने स्पष्ट पारे ।


बुधबार राष्ट्रिय उपभोक्ता मञ्चले गरेको कार्यक्रममा उनले उद्योगीहरुले अटेर गरेर ग्याँस बिक्री, वितरण ठप्प पारे सरकारले नछाड्ने चेतावनी दिए ।


त्यस्तै संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने अत्यावश्यक ऐन कुिल्चएर भएपनि कारोबार ठप्प पार्ने चेतावनी दिए ।


रासस