इटलीमा टोरनाडो आँधीका कारण जनजीवन अस्तब्यस्त / मेक्सिकोमा आँधीका कारण सर्वसाधारण घरभित्रै बस्न बाध्य

इटली । इटलीमा टोरनाडो आँधीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । ईटलीको राजधानी मिलानबाट २५ किलोमिटर टाढा रहेको क्याभेनागो दी ब्रिआन्जा शहर आँधीका कारण नराम्ररी प्रभावित भएको छ । आँधीका कारण हवाई उडान समेत प्रभावित बनेको छ भने सडकमा सवारी आवागमन पनि पूरै ठप्प भएको छ ।


आँधी अझै केही दिन रहने मौसमबिदहरुले जनाएका छन् । केही साता अघिमात्रै अमेरिकामा आएका टोरनाडो आँधीले २० भन्दा बढीको ज्यान लिएको थियो । उता मेक्सिकोमा आएको तुफानका कारण मेक्सिकोको दक्षिणी क्षेत्रका अधिकांश शहरका बासीन्दाको दैनिकीमा असर पुगेको छ । ७५ माईल प्रतिघण्टाको बेगमा आएको आँधीका कारण सर्वसाधारण घरभित्रै बस्न बाध्य छन् । आंधीका कारण बिजुली आपूर्ति समेत अवरुद्ध भएको छ ।

 

agencies