बर्मामा सरकार र कचिन विद्रोहीवीच युद्धविरामको सात बुँदे सहमति

काठमाडौं । बर्मामा सरकार र कचिन विद्रोहीवीच युद्धविरामको सात बुँदे सहमति भएको छ । कचिन प्रान्तको राजधानी मिक्टीयानामा भएको युद्धविराम सम्झौतामा दुवै पक्षले सशस्त्र फौजलाई पछि हटाउने र युद्धविराम पालना गर्ने उल्लेख छ ।

सम्झौतामा कचिन स्वतन्त्रता संगठन र सरकारबीच छिट्टै राजनीतिक वार्ताको क्रम सुरु गरिने भनिएको बीबीसीले जनाएको छ ।

सन् २०११ मा युद्धविराम भंग भएपछिको हिंसामा कचिनमा सयौंको मृत्यु भएको थियो । बर्मा सरकार र कचनि विद्रोहीवीच तीन दिनसम्म भएको वार्तामा राष्ट्रसंघीय महासचिवका विशेष प्रतिनिधि विजय नाम्भिर, चीनका प्रतिनिधि र अन्य जातीय समदाय पनि सहभागी थिए ।

कचिन विद्रोहीहरु कचिनको स्वायत्तताको माग गर्दै झण्डै आधा शताब्दीदेखि संघर्षरत छन् ।
 
Agencies