काठमाडौं । ३३ दलीय गठबन्धन को नेतृत्व गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले मोर्चाभित्रै अन्य गठबन्धनको अस्तित्वलाई बेवास्ता गर्दै आफ्नो पार्टीको मात्रै नारा लाद्ने गरेको मसालका नेताले आरोप लाएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि विरोध प्रदर्शन गर्नेक्रममा वैद्य पक्षका नेता र मसालसमर्थित राष्ट्रिय जनमोर्चाका नेतावीच सार्जजनिकरुपमै भनाभन भएको नेताहरुको गुनासो छ ।