वासिङटन । अमेरिकाको ओक्लाहोमा राज्य फेरि समुद्री आंधीको चपेटमा परेको छ । आंधीमा परि कम्तिमा पांच जनाको मृत्यु भएको छ भने अरु धेरै घाईते भएका छन् । स्थानिय समय अनुसार शुक्रवार साँझ व्यस्त समयमा आएको आंधीका कारण कैयौं मानिस सवारी साधन भित्रै बस्न बाध्य भएका थिए ।
आंधीका कारण ६० हजार भन्दा घरमा विद्युत आपूर्ति बन्द भएको छ भने भारी वर्षाका कारण आएको बाढीले जनजीवन थप कष्टकर बनेको छ । यातायात सेवा पनि प्रभावित भएको स्थानिय अधिकारीहरुले बताएका छन् ।
दुई हप्ता अघि मात्र ओक्लाहोमाको मोरेमा आएको आंधीका कारण २४ जनाको मृत्यु भएको थियो ।
agencies