२०६४ सालमा संविधानसभा चुनाव गर्दाको कानून अनुसार नै नयाँ निर्वाचन हुनुपर्ने एकीकृत माओवादीको सुझाव

काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले २०६४ सालमा संविधानसभा चुनाव गर्दाको कानून अनुसार नै नयाँ निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी मुख्यालय कोटेश्वरमा नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सापकोटाले संविधान संशोधन गर्नतर्फ लागेमा निर्वाचन नहुने भन्दै पुरानै कानून अनुसार निर्वाचन गर्नुपनमा जोड दिए ।


निर्वाचन आयोगको काम निर्वाचन गराउनु मात्र रहेकाले कानूनको मस्यौदा सिफारिस गर्ने जस्ता विषय नल्याउन उनले सुझाव दिए ।
 
एकीकृत माओवादीले संविधानसभा सदस्य संख्या ६०१ बनाउनुपर्ने, फौजदारी अभियोग लागेकाले पनि उम्मेदवार हुन पाउनुपर्ने र राजनीतिक दलले एक प्रतिशत न्यूनतम मत ल्याउनुपर्ने सीमा राख्न नहुने अडान लिदै आएको छ ।


तर, कांग्रेस र एमालेले नयाँ कानून ल्याउनुपर्नेमा जोड दिदै आएका छन् । मंसिरको पहिलो सातासम्म निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भन्दै उनले २० गते बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकले मिति तोक्ने दावी गरे ।


रासस