सरकारले निर्वाचनको वातावरण बनाउनुको सट्टा दलहरुबाट निर्वाचनको अपेक्षा गरेको कांग्रेस नरहरि आर्चायको जिकिर

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आर्चायले सरकारले निर्वाचनको वातावरण वनाउन नसकेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज काठमाडौको शंखपार्कमा आफैंले आयोजना गरेको चियापनमा नेता आचार्यले निर्वाचनका लागि बनेको सरकारले निर्वाचनको वातावरण बनाउनुको सट्टा दलहरुबाट निर्वाचनको अपेक्षा गरेको जिकिर गरे ।

आचार्यले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन गर्न सके पनि नसके पनि नैतिकताको आधारमा सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा फर्कन नमिल्ने बताए ।

तर, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्माले रेग्मी सर्वोच्चमा फर्कन नमिल्ने भनी दिएको अभिव्यक्ति भने गलत भएको उनको भनाई थियो ।
 
चियापानमा विभिन्न दलका नेता, कार्यकर्ता सहभागी थिए ।

रासस