नारायणहिटी दरवार हत्याकाण्ड भएको १२ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेन

काठमाडौं । नारायणहिटी दरवार हत्याकाण्ड भएको १२ वर्ष पुरा भएको छ । बिक्रम संबत २०५८ साल जेठ १९ गते मध्यरात दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा विरेन्द्र शाहको बंश नै नास हुनेगरि राजपरिवारका सबै सदस्यको एकै स्थानमा हत्या भएको थियो ।


 राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएका बेला भएका उक्त हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो ।

 घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई आम नेपालीले बिश्वास गर्न सकेका छनैन् । नेपाली नागरिकले कहिल्यै भुल्न नसक्ने उक्त त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिलेनै नयाँ मोड लिएको थियो ।


तत्पश्चात महत्वाकांक्षी राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । जनआन्दोलन २०६२