एकीकृत माओवादीका कार्यकर्ताले तरुण दलका नेतालाई कुटपिट गरेपछि दोलखाको सदरमुकाम चरिकोट तनावग्रस्त

चरिकोट । एकीकृत नेकपा माओवादीका कार्यकर्ताले तरुण दलका नेता सानु शेर्पालाई कुटपिट गरेपछि दोलखाको सदरमुकामा चरिकोट तनावग्रस्त बनेको छ । एकीकृत माओवादीका जिल्लास्तरीय नेता विशाल खड्काको नेतृत्वमा शेर्पामाथि कुटपिट भएको हो । एकीकृत माओवादीका कार्यकर्ताले चरिकोट वसपार्कमा शेर्पामाथि रडले आक्रमण गरेका थिए ।


घटनापछि आक्रोशित बनेका काँंग्रेस र तरुण दलका कार्यकर्ताले एकीकृत माओवादीको पार्टी कार्यालयमा आक्रमणको प्रयास गरेपछि चरिकोटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी र काँग्रेस कार्यकर्ताबीच ढुङ्गा हानाहान भएका छ भने स्थितीलाई नियनत्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेको छ ।


रामेछापबाट दोलखा आउँदै गरेका शेर्पासँग माओवादी कार्यकर्ताले तीन लाख रुपैया चन्दा मागेको र चन्दा दिन नमानेपछि आक्रमण गरेको काँग्रेसले जनाएको छ ।

 

RSS