चरिकोट । दोलखामा नेपाली कांगेस निकट तरुण दल र एकिकृत नेकपा माओवादी निकट वाईसिएलका कार्यकर्ताबीच हिजो भएको झडपलाई लिएर कांग्रेसले आज जिल्ला बन्द गरेको छ ।
एकीकृत नेकपा एमाओवादीका कार्यकर्ताले आफना नेतालाई आक्रमण गरेको भन्दै कांग्रेसले दोलखा जिल्ला बन्द गरेको हो ।
कांग्रेसले तरुण दलका जिल्ला नेता सानु शेर्पालाई कुटपीट गर्ने एमाओवादी कार्यकर्तालाई पक्राउ गर्नुपर्ने माग राखेको छ । बन्दका कारण सदरमुकाम चरिकोट बजार र सवारी साधन ठप्प भएका छन् ।
कवाडी सामाग्री ठेक्कालाई लिएर कांग्रेस र एमाओबादीका कार्यकर्ताबीच झडप भएको थियो ।
रासस