सन्धिखर्कमा नेपालको संघिय प्रणालीमा सुरक्षा निकायहरुको संरचना एबं भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाल निति अध्यन प्रतिष्ठान काठमाण्डौको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा नेपालको संघिय प्रणालीमा सुरक्षा निकायहरुको संरचना एबं भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
अन्तरक्रिया कार्यक्रममा बढ्दो राजनितिक हस्तक्षेपले सुरक्षा निकाय कमजोर बनेको औल्याएका थिए । उनीहरुले साना तिना झैझगडामा पनि सुरक्षा निकायले स्वतन्त्र रुपमा काम गर्न नपाएको गुनासो गरेका थिए । जबसम्म सुरक्षा निकायमा बढेको राजनितिक हस्तक्षेपको अन्त्य हुदैन तब सम्म नागरिक सुरक्षाको परिकल्पना गर्न नसकिने बताएका थिए । 
कार्यक्रमका सहभागिहरुले संघिय प्रणलीमा सुरक्षा निकायलाइ अझ मजबुत बनाउने खालको निति अबलम्बन गर्नु पर्ने पनि धारणा राखेका थिए । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुर्तेल, नेपाल निति प्रतिष्ठानका राजन भट्टराइ, गेजा शर्मा वाग्ले, प्रहरी नायब उपरिक्षक हिराबहादुर पाण्डे, एकिकृत माओबादीका ठाकुर कुमार बिक, नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, एमालेका जनार्दन खनाल, नेकपा माओबादीका भेसराज भुसाल, राजमोका गोबिन्द बिसी, एकिकृत क्रान्तीकारीका यमुना भुसाल लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु