अर्घाखाँचीमा ५ विद्यार्थी संगठन द्धारा एक घण्टा चक्काजाम

– राम खड्का
पाणिनी बहुमुखि क्याम्पस अर्घाखाँचीमा क्रियाशिल ५ विद्यार्थी संगठनहरुले सोमवार विहान एक घण्टा चक्काजाम गरेका छन् । स्ववियु निर्वाचन स्थगित भएपछि विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको मिति तत्काल तोक्नुपर्ने ,फर्जि विद्यार्थी भर्ना खारेज हुनु पर्ने,क्यामपस संचालक समितिको गठन गरिनुपर्ने र क्यामपस प्रमुखको नियुत्ति हुनु पर्ने लगायतका मागहरु राख्दै आन्दोलन गर्दै आएका छन् ।
क्यामपसमा क्रियाशिल नेपाल विद्यार्थी संघ ,अनेरास्ववियु ,नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तीकारी, अनेरास्ववियु छैठौ लगायतका विद्यार्थी संगठनहरुले माग पुरा नभए अझ सशक्त रुपमा आन्दोलनलाई अगाडी बढाउने बताएका छन् । 
चक्काजाम पछि आयोजित कोणसभालाई विभिन्न विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु