ओमनमा अलपत्र परेकी अर्घाखाँचीकी मीनकला नेपाल फर्कीईन


           नेपाल फर्किए पछी आफ्नो परिवार सग अर्घाखाँची नरपानीमा सामुहिक तस्विरमा मीनकला अधिकारी ।

 

– उमाकान्त पाण्डे गाउले, दुबइ / शालीकराम आचार्य, ओमान

 

बैदेशिक रोजगारीका लागी खांडी मुलुक ओमान पुगेर बिचल्लीमा परेकी नेपाली महिला स्वदेश फर्किएकी छन ।

 

बिभिन्न बहानामा दुबइ हुँदै ओमान पुराइएकी अर्घाखाँची ७ नरपानीकी मीनाकला अधिकारी ५ महिनापछी थुनाबाट उम्कन सफल भई स्वदेश फर्कीएकी हुन । 

 

उनलाई ओमानमा रहेका संघसस्थाले उद्दार गरी नेपाल फर्काएका हुन । 

 

अलपत्र परे पछि अधिकारीले साउदी दुतावासका ओमान प्रतिनिधी तथा ओमान स्थीत नेपाली संघ संस्था एवम त्यहा कार्यरत प्रवासी नेपालीहरु संग उ्द्धारका लागी अपिल गरेकी थिईन । 

 

उनको अपिल बमोजिम ओमानका लागी साउदी दुतावासका प्रतिनिधी दिपक श्रेष्ठले ट्राभल डकुमेन्ट उपलब्ध गराएका थिए । साथै उनलाई ओमानका ६ वटा बिभिन्न नेपाली संघ संस्थाहरुले सम्युत्त रुपमा मिलेर हवाई टिकटको ब्यबस्था गरिदिएका थिए । 

 

यसरी सहयोग गर्ने सस्थाहरुमा नेपाली समाज ओमान,ओमान नेपाली एकता समाज, गैर आवाशीय नेपाली संघ ओमान,बूद्ध भिजन ओमान, नेपाली महीला समूह ओमान तथा सगरमाथा समूह ओमान रहेका छन । 

 

साथै त्यहाकार्यरत अन्य नेपालीहरुले उनको उदारकालागी सहयोग रकम समेत सकलन गरेका थिए । 

 

घरेलु कामदारका लागी सयुत्त अरब एमिरेट्स यूएईको दुबइ जाने भनेर दलाललाई ठुलो रकम बुझाएर यूएई पुगेकी उनलाई यूएईमा रहेको भनिएको रोशनी म्यानपावर मार्फत ओमानको सोहार नगरमा पठाइएको थियो । 

 

गत २ बर्ष अघी ओमन आएकी उनलाई तलब नदिने , र अनैतीक कार्यकालागी दैनिकजसो मानसिक तथा शारिरीक पिडा दिने गरेकाले आफु कार्यरत घर छोडेर भागेकी थिईन । यसरी अलपत्र परेकी आफ्नो छोरी फर्किन पाउलिन भन्नेबारे उनका परिवारका सदस्यको आशा मर्न लागेको थियो । तर छोरीको पर्खाइमा बसेका उनका परिवारले मीनालाई आफ्नै आँखा अगाडि देख्न पाउदा हर्षका आशु उनकी आमाका आँखामा देख्न सकिन्थ्यौ । 

 

आशा नै मारीसकिए पनि आफ्नी छोरीलाइ सकुसल घरमा पुराउन सहयोग गरिदिएकोमा उनकी ब्रिद आमाले ओमानमा रहेका सम्पूर्ण संघसस्था तथा त्यहा कार्यरत सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छन । 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु