कमलरी प्रथा उन्मुलन संघर्ष समिति र सरकारबीच भएको वार्ता विना निष्कर्ष स्थगित

काठमाडौं, जेष्ठ २१ । कमलरी प्रथा उन्मुलन संघर्ष समिति र सरकारबीच भएको वार्ता विना निष्कर्ष स्थगित भएको छ । महिला तथा बालबालिका मन्त्री नेतृत्वको सरकारी टोली र राजधानी आएका कमलरी प्रतिनिधिबीच सिंहदरबारमा भएको वार्तामा सहमति हुन नसकेपछि पुनः बस्ने गरी वार्ता स्थगित भएको हो ।


सरकारसँगको वार्तामा सहमति हुन नसकेपछि कमलरी संघर्ष समितिले आन्दोलनका कार्यक्रम जारी रहने जनाएको छ । मुक्त कमलरीहरुको उचित व्यवस्थापन र ललितपुरमा काम गर्न बसेकी दाङकी सिर्जना चौधरीको शंकास्पद मृत्युको छानविन लगायतका माग राखेर आन्दोलनमा उत्रिएका कमलरीहरुले आज पश्चिम तराइका जिल्लाहरुमा बन्द समेत आह्वान गरेका थिए ।


बन्दबाट बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लाको जनजीवन बढी प्रभावित बन्यो । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बाँकेको नेपालगञ्ज