सूर्यचन्द्र बस्नेत/नारायण न्यौपाने/रासस
काठमाडौं – मुलुकका चार राजनीतिक शक्तिका शीर्ष नेतृत्वको काम कारबाहीप्रति सबैतिरबाट टिकाटिप्पणी र आलोचना हुन थालेको छ। मुलुक हाँक्ने जिम्मेवारी बोकेका ठूला भनिएका राजनीतिक दलका नेताहरुका क्रियाकलाप, काम कारबाही, बोली र व्यवहारले आम जनतालाई मात्र नभई आफ्नै दलका नेता तथा कार्यकर्तालाई समेत दिक्दार र चिन्तित तुल्याएको छ।
चार राजनीतिक शक्तिका शीर्ष नेतृत्वको राजनीतिक दाउपेच, अदूरदर्शिता र व्यक्तिवादी चरित्रका कारण संविधानसभा अवसान हुन पुगेको हो भन्ने कुरा अब जति नै ढाँट्ने/छल्ने प्रयास गरे पनि सर्वसाधारण र समग्र पार्टी पङ्ति्कले बुझिसकेको छ।
खासगरी एमाओवादी, नेपाली काँग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक मधेसी मोर्चाको शीर्ष नेतृत्वको राजनीति आफ्नो पोल्टामा पार्ने दाउपेचकै कारण लामो समयदेखि संविधान सभाबाट नयाँ संविधान पाउने नेपाली जनताको उत्कट चाहना यथार्थमा परिणत नभएको आमजनताको स्पष्ट ठम्याइ छ।
अझै पनि जनता र कार्यकतालाई अनेकौं तानाबाना बुनेर झुक्याउन शीर्ष नेतृत्वले एकले अर्कालाई आरोप प्रत्यारोप गरेर मुलुकलाई थप बबार्दीतर्फ लैजाने हुन् कि भन्ने विषयले सर्वत्र पिरलो पारेको छ।
सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र एनेकपा (माओवादी)को युद्धको बलमा मुलुकमा स्थापना भएको लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा भन्दा जसरी भएपनि सत्तामा जानुपर्छ भन्ने शीर्ष नेतृत्वको लालसाका कारण मुलुकले लामो समयसम्म सङ्क्रमणकाल बेहोर्नुपरेको कुरा त्यही पार्टीका युवा पङ्ति्क अब खुलेर बोल्न थालेका छन।
संविधान सभाले कुनै न कुनै रुपमा नयाँ संविधान देला भन्ने विश्वासका साथ व्यक्तिगत दृष्टिकोण र धारणा व्यक्त नगरी नेतृत्व तहको निर्देशन अनुसार भूमिकाविहीन तुल्याउँदा समेत कुनै प्रतिक्रिया नदिएका पूर्व सभासद्हरु अहिले अरु दलभन्दा आफ्नै दल र नेताप्रति आक्रोशित देखिएका छन।
संविधान सभाको अवसान भएको एक वर्षको समयसीमा नाघिसक्दासमेत आगामी निर्वाचनको सुनिश्चितताबारे एउटा साझा दृष्टिकोण र प्रतिवद्धता जाहेर गर्न नसक्नुले आम जनतामा शीर्ष नेतृत्वप्रतिको विश्वास खस्किएको छ।
मुलुकको प्राथमिकताको सूचीमा रहेको संविधान सभाको दोस्रो निर्वाचन गराउन आवश्यक वातावरण बनाउन दलहरुको भूमिका, बोली र व्यवहारमा अझै एकरुपता आउन सकेको छैन। समग्र राजनीतिक दलका पार्टी पङ्क्ति निर्वाचन हुन्छ भन्ने विषयमा अझै विश्वस्त हुन सकेका छैनन्।
सहमतिका नाममा बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले निरन्तरता नपाउने तथा बसिहाले पनि निष्कर्षविहीन भई सकिने गरेको समाचारले त आमजनता र कार्यकर्तालाई अत्यन्तै दुःखित तुल्याउने गरेको छ।
संविधान सभाको आगामी निर्वाचनमा सबै राजनीतिक दल र आम जनताको सहभागिता सुनिश्चितता गर्न गम्भीर छलफल र बैठक गरेर निष्कर्ष निकाल्नुपर्नेमा नेताहरुमा अहिलेसम्म त्यस्तो क्रियाशीलता देखिएको छैन। सहमतिका लागि प्रयास नगर्ने मात्र होइन, शीर्ष नेतृत्वले निर्वाचनका लागि निर्वाचन ऐनलगायतमा देखिएको विवाद सुल्झाउन समय नै नदिएकामा दलका कार्यकता रुष्ट देखिएका छन्।
नेपाली कांग्रेसका युवा नेता अजय चौरसियाले शीर्ष नेतृत्वको काम कारबाहीप्रति आफू सन्तुष्ट नरहेको र अझै पनि नेताहरुले जालझेलको राजनीति गरिरहेको प्रतिक्रिया दिए.
उनले भने