दक्षिण र उत्तर कोरिया केइसङमा रहेको संयुक्त औद्योगिक क्षेत्रको विषयमा वार्तामा बस्ने

प्योङयाङ । दक्षिण र उत्तर कोरिया केइसङमा रहेको संयुक्त औद्योगिक क्षेत्रको विषयमा वार्तामा बस्ने भएका छन् । प्योङयाङले केइसङका विषयमा सोलसँग वार्ताका लागि प्रस्ताव गरेको उत्तर कोरियाली सरकारी सञ्चार एजेन्सी केसीएनएले जनाएको छ ।


केसीएनएले दक्षिण कोरियाले वार्ताको प्रस्ताव स्वीकार गरे उसँग अबरुद्ध हटलाईन सेवा पनि पुनः सुरु गर्ने उल्लेख गरेको छ । दक्षिण कोरियाका एकीकरण मन्त्रीले वार्ताको प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएको बीबीसीले जनाएको छ ।


गत फेब्रुवरीमा उत्तर कोरियाले तेस्रो आणविक परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा तनाब बढेको थियो । उत्तर कोरियाको आवणविक कार्यक्रमलाई लिएर राष्ट्रसंघले नाकाबन्दी लगाउने निर्णय गरेपछि क्रुद्ध बनेको प्योङयाङले दक्षिण कोरियाकीस्थित अमेरिकी सैन्य वेश क्याम्पहरु र दक्षिण कोरियामाथि आक्रमण गर्ने धम्की दिएको थियो ।


उत्तर कोरियाले दक्षिणसँगको सवैखाले सम्बन्ध बन्द गरी दक्षिण कोरियातर्पm निशाना सोभ्mयाएपछि कोरियाली प्रायद्वीपमा त्रास बढेको थियो । त्यस क्रममा उत्तरले आफ्नो भूमिमा रहेको केइसङ संयुक्त औद्योगिक क्षेत्र बन्द गरेको थियो ।


उक्त औद्योगिक क्षेत्र उत्तर कोरियाका लागि विदेशी मुद्रा आर्जन गर्ने मूख्य बाटो रहँदै आएको थियो भने हजारौं उत्तर कोरियाली कामदारको आम्दानीको प्रमुख स्रोत पनि थियो ।

 

Agencies