– प्रेमनारायण आचार्य
ठाडा, अर्घाखाँची । अर्घाखाँचीको ठाडामा सरसफाइ सप्ताहको अबसरमा सरसफाइ र्याली सम्पन्न भएको छ ।
गाविस स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति ठाडाको आयोजनामा निकालिएको सरसफाइ -याली ज्योती उच्च मावि ठाडाबाट सुरु भइ अमराइ बजार, ठाडा दह बजार पुगी पुन ज्योती उच्च माबिको प्रांगणमा पुगी सरसफाइ सभामा परिणत भएको थियो ।
सरसफाइ र्यालीमा गाविस स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधीकारी, ठाडा गाविसका समाजसेबी, ज्योती उच्च माबि, दह निमाबि र स्थानीय बोर्णिंगका शिक्षक, बिद्यार्थी लगायतको उपस्थित रहेको थियो ।
सरसफाइ सभामा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका प्रमुख डाक्टर हरिप्रसाद पन्थी, ज्योती उच्च माबिका सह प्राचार्य बाबुराम बन्जाडे, शिक्षक हरिप्रसाद घिमिरे, समाज सेबी केदार बेल्बासे, रेडक्रस ठाडाका सभापति भरत बिक, महिला स्वास्थय स्वयं सेबिका मेनका श्रेष्ठ, खुल्ला दिसा मुक्त अभियानका गणेश भण्डारी, प्रेम आचार्य, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले सरसफाइ मानिसको जीवनको महत्वपूर्ण पक्ष भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताए
उनीहरुले फोहोर बस्तुले मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले सरसफाइ युक्त वस्तु सेवन गर्न सवैमा जनचेतना फौलाउनुपर्ने बताए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।