आगामी संविधानसभा चुनावमा मोर्चाबन्दी गर्नेबारेमा मधेशी नेताहरुबीच तीब्र विवाद

काठमाडौं  । आगामी संविधानसभा चुनावमा मोर्चाबन्दी गर्नेबारेमा मधेशी नेताहरुबीच तीब्र विवाद देखिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टी लगायतका केही मधेशी दल मधेशमा मोर्चाबन्दी गरेर निर्वाचनमा जाने पक्षमा छन् भने मधेशी जनअधिकार फोरम गणतान्त्रिक, सद्भावना पार्टी लगायतका दलहरुले अलग रुपमा चुनावी प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिएका छन् ।
मधेश पत्रकार संघले राजधानीमा गरेको कार्यक्रममा तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेशी दलहरुबीच एकता होस् भन्ने मधेशी जनताको चाहना रहेको भन्दै सैद्धान्तिक रुपमा निकट रहेका दलहरुबीच गठबन्धन आवश्यक भएको बताए । तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले स्वार्थका लागि एकता सम्भव नभएको स्पष्ट पारे ।
 
त्यस्तै, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि विगतमा मधेशी जनताहरुलाई धोका दिनेहरुसँग गठबन्धन बनाएर जान नसकिने प्रष्ट पारेका थिए ।
  
RSS