बिनोद गैरे
जनतन्त्रको पक्षमा र साम्राज्यवाद विरुद्धको एसियाली अधिवेशन काठमाडौंमा हिज बाट सुरु भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उक्त अधिवेशन उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तव्यका क्रममा केसीले साम्राज्यवाद विश्वव्यापी खतरा रहेको बताउनुभएको छ । उहाले भूमण्डलीकरणका कारणले विश्वका विकासोन्मुख र कम विकसित देशहरुको सार्वभौमिकता र स्वतन्त्र अर्थतन्त्रमाथि ठूलो खतरा पैदा भएको उल्लेख गर्नुभयो । विश्वव्यापी रुपमा क्रान्तिका आत्मगत शक्तिहरुको निर्माणमा जोड दिनु सबै क्रान्तिकारीहरुको आजको अन्तर्राष्ट्रि