लिबियामा भएको प्रदर्शनमा २५ जनाको मृत्यु

लिबिया । लिबियामा सक्रिय रहंदै आएको छापामार लडाकुलाई हटाउन माग गर्दै भएको प्र्रदर्शनमा २५ जना प्रदर्शनकारी मारिएका छन् । लिवियाको राजधानी बेन्घाजीमा रहेको सैनिक मुख्यालय बाहिर भेला भएका सयौं प्रदर्शनकारीलाई लखेट्ने क्रममा प्रहरीले चलाएको गोली लागि उनीहरुको मृत्यु भएको हो । प्रदर्शनमा ५० भन्दा बढी घाइते भएका छन् ।


लिबियाका पूर्व शासक मोअमर गद्दाफीलाई निष्कासन गर्ने क्रममा लिबियाको शील्ड बिग्रेडले मुख्य भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रदर्शनकारीहरुले छापामार लडाकुलाई हटाउन शील्ड बिग्रेडलाई गुहारदै प्रदर्शन गरेका हुन् ।

 

लिबियामा सक्रिय रहँदै आएको छापामारहरुले शहरका बिभिन्न भागहरुमा बेला बेलामा बितण्डा मच्चाउँदै आएका छन् । प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मी र प्रदर्शकारीबीच ठाउँ ठाउँमा झडप भएको छ । प्रदर्शनकै क्रममा प्रदर्शनकारीहरुले सवारी साधनमा आगजनी गर्नुका साथै पसलहरु तोडफोड समेत गरेका छन् ।

 

Agencies