डुङ्गा ब्यबसायीको आन्दोलन फिर्ता भएपछि पोखराको फेवातालमा डुङ्गा संचालनमा

पोखरा । डुङ्गा ब्यबसायीको आन्दोलन फिर्ता भएपछि आजबाट पोखराको फेवातालमा डुङ्गा संचालनमा आएका छन् ।

 

डुङ्गा संचालनका लागि जिल्ला बिकास समितिले यसअघि आह्वान गरेको टेण्डर प्रक्रिया तत्कालका लागि लागु नगर्ने सहमति भएपछि डुङ्गा ब्यबसायीले आन्दोलन फिर्ता लिएका हुन् ।

 

स्थानीय प्रशासन, सरोकारवाला र डुङ्गा व्यवसायीबीच पुरानो टेण्डर प्रक्रिया रद्ध गरी नयाँ टेण्डर खोल्ने बिषयमा सहमति भएको छ ।

 

डुङ्गा ब्यवसायीको आन्दोलनका कारण केही दिनयता फेवातालमा डुङ्गा संचालन नहुँदा आन्तरिक तथा बाह्य पर्यटक निराश हुँदै फर्किन बाध्य भएका थिए ।

 

फेवातालमा दैनिक ७ सय भन्दा वढी डुङ्गा संचालनमा छन् ।

रासस