विद्युत प्रधिकरणका कर्मचारीहरुले पुल्चोकस्थित मन्त्री क्वाटरमा विजुलीको लाइन काटिदिए

काठमाडौं  । त्रिशुली तेस्रो ए जलविद्युत आयोजनाको क्षमता बढाउने निर्णय विरुद्ध विद्युत प्रधिकरणका कर्मचारीहरुले पुल्चोकस्थित मन्त्री क्वाटरमा विजुलीको लाइन काटिदिएका छन् ।

 

आन्दोलनरत कर्मचारीहरुले अहिले मन्त्री क्वाटरमा धर्ना समेत दिइरहेका छन् ।

उनीहरुले आफ्ना माग पूरा नभए विद्युत कटौतीको समय थप गर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले आजैदेखि तीनदिनसम्म प्राधिकरणका देशभरका कार्यालयमा कामकाज ठप्प पार्ने जनाएका छन् ।


प्राधिकरण संचालक समितिले टेन्डर र कानुन विपरित आर्थिक प्रलोभवनमा परी आयोजनाको क्षमता ६० बाट ९० बनाउने निर्णय गरेको निष्कर्ष निकालदै चारवटा युनियनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । मुलुकले चरम लोडसेडिङको मार खेपिरहेका बेला वर्षायाममा मात्रै ३० मेगावाट विजुली बढ्ने गरी क्षमता बढाउँदा निर्माण अवधि २ वर्ष र लागत ४ अर्व थपिने छ ।


रासस