एमाओवादीको केन्द्रीय समिति बैठकमा प्रचण्डको प्रतिवेदन पेश/एमाले त्यागेर आएका ३ नेतालाई जिम्मेवारी

एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पेश भएको छ ।
पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकमा प्रचण्डले दलहरुवीचको वार्ता, चुनावी रणनीति लगायत विषयमा मौखिक प्रस्ताव पेश गर्नुभएको हो ।
त्यस्तै संगठन बिस्तार, पार्टी सुदृढीकरण, आर्थिक उत्पादन लगायतका विषयमा पनि सम्बन्धित कार्यदलले प्रस्ताव पेश गरेका छन् । 
सवै प्रस्तावमा अध्ययन गरि  जेठ ३० गते केन्द्रिय समितिको बैठकमा छलफल गरिने नेता शक्तिवहादुर बस्नेतले जानकारी दिनुभयो ।
एमाले छोडेर एकीकृत माओवादीमा गएका ३ जना नेताले जिम्मेवारी पाएका छन् । आइतवारको बैठकले नेताहरु रामचन्द्र झा र उर्मिला अर्याललाई केन्द्रिय सदस्य र लक्की शेर्पालाई वैकल्पिक केन्द्रिंय सदस्यको जिम्मेवारी दिइएको हो ।
झा र अर्याललाई स्थायी समिति सदस्य दिने भनेपनि त्यसको विरोध भएपछि केन्द्रिय सदस्य बनाइएको हो ।