न्याय परिषद्ले एकैपल्ट एकसय ६९ न्यायाधीश नियुक्त गरेको छ ।
बैठकले पुनरावेदन तहमा ८० र जिल्ला तहमा ८९ न्यायाधीश नियुक्त गरिएको हो ।
पुनरावेदनमा नियुक्त भएका मध्य ४७ स्थायी र ३३ जना अतिरिक्त पदका लागि नियुक्त गरिएको परिषदले जनाएको छ ।
परिषदले पहिलो पटक निजामति र सैनिकमा सेवामा जस्तै न्याय सेवामा पनि खुला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाएको हो ।
परिषदले न्याय सेवा, सरकारी वकिल, अधिवक्ताबाट न्यायाधीश छनोट गरेको हो ।