काठमाडौं । न्याय परिषद्ले पटक १ सय ६९ न्यायाधीश नियुक्त गरेको छ । गएराति अबेरसम्म बसेको परिषद्को बैठकले जिल्ला र पुनरावेदन अदालतमा झन्डै चार वर्षदेखि रिक्त रहेको न्यायाधीशको पदपूर्ति गरेको हो ।
पुनरावेदन तहमा ८० र जिल्लामा ८९ न्याधीशको नियुक्त गरिएको छ । त्यसमध्ये पुनरावेदनमा ४७ न्यायाधीश स्थायी नियुक्ति भएका छन् भने ३३ जना अतिरिक्त पदका लागि नियुक्ति गरिएको छ ।
स्थायी र अतिरिक्त गरी पुनरावेदन तहमा अधिवक्ताहरु २६ जना नियुक्त भएका छन् भने अरु न्याय सेवाका छन् । परिषद्ले मुलुकमा पहिलो पटक निजामती र सैनिक सेवामा जस्तै यी पदहरुको दरवन्दी खुला प्रतिस्पर्धाबाट गर्ने प्रक्रिया निकै अघि सुरु गरेको थियो ।
त्यसका लागि परिषद्ले दरखास्त दिन खुला आह््वान नै गरेको थियो । दरखास्त दिने अन्तिम मिति गत महिनाको १५ कात्र्तिक सम्म पुनरावेदका लागि झन्डै ७ सय र जिल्लाका लागि १ सय ७५ निवेदन गरेको थियो । परिषद्ले एक वर्ष लगाएर तयार गरेको न्यायाधीश नियुक्ति प्रक्रिया मापदण्ड २०६९ अनुसार यस खुला प्रतिस्पर्धाका लागि आवेदन परेको हो ।
पुनरावेदन तहमा ८० प्रतिशतभन्दा बढी आवेदन कानुन व्यवसायीहरुबाट परेको थियो । आवेदन धेरै भए पनि नियुक्ति भने जिल्ला न्यायाधीश, पुनरावेदनका अतिरिक्त न्यायाधीश, न्याय, सेवा, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयका सहसचिवहरुले प्राथमिकता पाए । जिल्ला अदालतका लागि भने कानुन व्यवसायीहरुले आवेदन दिने व्यवस्था नभएको सबै कर्मचारीहरुबाटै परेको थियो ।
RSS