एमालेनिकट जिफन्टले गरेको बन्दले भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र दोलखाको जनजीवन प्रभावित

काठमाडौं । एमालेनिकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिफन्टले आज चार जिल्ला बन्दको आह्वान गरेको छ ।

 

बन्दले भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र दोलखाको जनजीवन प्रभावित बनेको छ । बन्दले गर्दा ती जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् । शैक्षिक संस्था ठप्प छ ।

 

ट्याक्सी पार्किङ स्थल निर्माण गर्न, राजमार्गमा प्रहरी ज्यादती भएकोले बन्द गर्न, एसएलसी पास नगरेकोलाई सवारी लाईसेन्स नदिने सरकारी निर्णय खारेजी गर्नुपर्ने जस्ता ३५ सूत्रीय माग राख्दै बन्द गराइएको हो ।

 

अरनिको राजमार्ग र वीपी राजमार्गमा गाडी चल्न नदिँदा सयौं यात्रु बाटोमै अलपत्र छन् ।

 

RSS