काठमाडौं, जेष्ठ २८ । यस वर्षको एलएलसी परीक्षाको नतिजा आज प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले अपरान्ह नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार नियमिततर्फ ४१ दशमलव ५७ प्रतिशत र एक्जामटेडतर्फ ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
कुल परीक्षार्थी मध्ये १ लाख ७६ हजार २ सय ५३ जना परीक्षार्थी उत्तिर्ण भएका हुन् । जसमा नियमिततर्फ १ लाख ६७ हजार ९ सय ३५ जना र एक्जाम्टेडतर्फ ८ हजार ३ सय १ जना परीक्षार्थी उत्तिर्ण भएका छन् । विशिष्ट श्रेणीमा नियमिततर्फ १६ हजार ९ सय २४ जना परेका छन् भने एक्जामटेडतर्फ एक जना पनि परेका छैनन् ।
प्रथम श्रेणीमा नियमिततर्फ ७६ हजार एक सय ६५ जना उत्तिर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १ सय १७ जना रहेका छन् । द्वितीय श्रेणीमा नियमिततर्फ ६९ हजार ८ सय ३० जना उत्तिर्ण भएका छन् भने एक्जाम्टेडतर्फ ५ हजार ८ सय ४८ जना रहेका छन् ।
त्यस्तै तृतीय श्रेणीमा नियमिततर्फ ५ हजार १६ जना उत्तिर्ण भएका छन् भने एक्जाम्टेड तर्फ २ हजार ३ सय ५३ जना रहेका छन् । गत चैतमा लिइएको एसएलसी परीक्षमा कुल ५ लाख ११ हजार १ सय ६५ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा अघि नै विभिन्न मापदण्ड नपुगेका २० हजार विद्यार्थी परीक्षामा सामेल हुन पाएका थिएनन् । विभिन्न वेबसाईट र एसएमएसबाट आज प्रकाशित नतिजा थाहा पाउन सकिने ब्यवस्था गरिएको छ ।
शिक्षा मन्त्रालयको वेबसाइट डब्लूडब्लूडब्लू डट एमओई डट जीओभी डट एनपी, शिक्षा विभागको वेबसाइट डब्लूडब्लूडब्लू डट डीओई डट जीओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट डब्लूडब्लूडब्लू डट एसओसीई डट जीओभी डट एनपी र नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट नेट डट एनपी रहेका छन् ।
त्यस्तै नेपाल टेलिकमको १४०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयमा अनुतिर्ण भएकाहरुलाई आगामी साल साउन २० गतेदेखि पुरक परीक्षाको अवसर दिइने जनाएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः
गएको चैतमा भएको एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्पम्टेडतर्फ १ लाख १७ हजार ६८ गरी ५ लाख ४७ हजार एकसय ६५ विद्यार्थी सहभागी थिए ।
यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा सजिलै थाहा पाउन सकिने वेवसाइट र एसएमस सेवा भएपनि विगतका वर्षहरुमा समयमै साइटमा नराख्ने र हृयांग हुने समस्या थियो । यसपाली यो समस्या दोहोरिएला या नदोहोरिएल नतिजा सार्वजनिक भएपछि मात्र थाहा हुन्छ ।