बुटवलको सडक गुणस्तरीय बनाउन उद्योगी-व्यबसायीको माग

कृष्ण खनाल

 

बुटवल । बुटवलको सडक व्यबस्थित गर्न बुटवलका उद्योगि व्यबसायीहरुले जोड दिएका छन ।

बुटवल उद्योग बाणिज्य संघले बुटवलको सडक अवस्था, सम्भावना र चुनौतिका बिषयमा सोमबार आयोजना गरिएको अन्तरक्रियामा उद्योगी व्यबसायीहरुले सडकको बिकास र बिस्तारको काम गुणस्तरीय हुन नसक्दा यहाँका अवसरहरु चुनौति बन्दै गएको औंल्याएका थिए ।


बुटवलमा जनघनत्व बढ्दै गएको, व्यापारिक चाप बढ्नु, जस्ता कारणले बुटवलको सम्भावना पनि बढ्दै गएको अवस्थामा राज्यले यहाँको सडक बिकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।


बुटवलको सडकलाई गुणस्तरीय बनाउन नसक्नुमा सडक छेउमा बनेका घर टहरा, सडकमा बिच्याईएका खानीपानीका पाईपलाईन, बिद्युत, टेलीफोन लाईन जस्ता कुराहरु हटाउने काम चुनौतीपूर्ण हुँदा काममा गुणस्तरीयता प्रदान गर्न पनि कठिनाई भएको वेलहीया