नयाँदिल्ली । भारतमा प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीले पार्टीका महत्वपूर्ण निकायहरुबाट राजीनामा दिएका छन् । भाजपाको हिजो सम्पन्न कार्यकारिणी परिषदको वैठकले गुजरातका मूख्यमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष हुने संसदीय निर्वाचनको प्रचार कमिटीको अध्यक्ष बनाएको भोलिपल्ट आडवाणीले पार्टीको कार्यकारिणी परिषद लगायतका निकायबाट राजीनामा दिएका बीबीसीले जनाएको छ ।
भाजपाको स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिकामा रहेका आडवाणीको राजीनामाले विपक्षी भाजपाभित्र विवाद बढाउने अनुमान गरिएको छ ।