संविधान सभाको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको निर्णय/पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा निर्वाचन क्षेत्र पुर्ननिर्धारण आयोग गठन हुने

सरकारले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको छ । निर्वाचन सम्बन्धी कानूनको टुंगो लगाउन मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा निर्वाचन क्षेत्र पुर्ननिर्धारण आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद बैठक बस्नु अघि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विहान प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग छलफल गर्नुभएको थियो ।
दलहरुबीच थ्रेसहोल्ड र फौजदारी अभियोग लागेकाले चुनाव लड्न पाउने नपाउने लगायतका विषयमा विवाद भएपछि दलहरुले त्यसको टुंगो लगाउने जिम्मा सरकारलाई दिएका थिए । दलहरुले यसबारे सरकारले गर्ने निर्णय नै साझा हुने बताइसकेका छन्