ईरानमा राष्ट्रपति निर्वाचनका लागि मतदान

तेहरान । ईरानमा राष्ट्रपति निर्वाचनका लागि आज मतदान भईरहेको छ । राष्ट्रपति पदका लागि ६ जना चुनावी मैदानमा छन् । ६ जना उम्मेदवारमा एक उदारवादी, चार परम्परावादी र एक कट्टरपन्थी छन् ।

ती मध्ये परम्परावादी नेता मौलवी हसन रोहनीको पकड निकै बलियो मानिएको छ । पूर्व राष्ट्रपतिहरु अकबर हाशेमी रफ्सानजानी र मोहम्मद खातमीको समर्थन रहेका रोहनी पूर्व परमाणु वार्ताकार समेत हुन् ।

ईरानको परमाणु कार्यक्रमबारे उनको विचार वर्तमान राष्ट्रपति मोहमद अहमदिनेजादसँग मिल्दोजुल्दो रहेकाले पनि इर्रानी जनता उनको पक्षमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चुनावका लागि देशभरको सुरक्षाब्यबस्था कडा बनाइएको छ भने करिब ५ करोड मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ । मतदानको नतिजा एक साताभित्र आउने बताइएको छ ।


 


Agencies